Welcome to
Paschim Paaila

Tuesday, November 15, 2011

युवाहरुबाट सरसफाइका लागि भैली सम्पन्न


फुर्बा सांगे मोक्तान/ २९ कार्तिक, २०११
भैलो आफैमा एउटा उत्साहजनक शब्द हो, जसमा सान्स्कृतिक एबम मनोरन्जनात्मक तादाम्यता रहदै आएको छ। प्रत्येक बर्ष दिपावलिको पावन अवसरमा खेलिदै आएको भैलो कार्यक्रम यसपटक "पस्चिम पाइला" को युवा साथीहरुमाझ पनि बिशेष शैलीमा प्रस्तुत भयो । सान्स्कृतिक, मनोरन्जनात्मक उध्येश्यका साथसाथै सामाजिक उध्येश्यका साथ खेलिएको भैलो कार्यक्रम यो बर्ष बिभिन्न सामाजिक संघसंस्थाहरु लक्षित गर्दै करीब ३० जना युवाहरुको जमातले लक्ष्मीपुजाको अघिल्लो २ दिन, कार्तिक ७ र ८ गतेलाई उल्लसपूर्ण ढंगले मनाएका थिए। 



नुवाकोटको थाङ्सिङ गा. बि. स. को लामागाउ प्रा. बि. मा खानेपानी तथा सरसफाइको सहज पहुच पुर्याउने उध्येश्यका साथ ५ सन्स्थामा खेलिएको यस भैलो कार्यक्रमबाट तेइसहजार पचास रुपैया सन्कलन गर्न सकिएको थियो। "भैलोबाट अपेक्ष्या अनुरुप आर्थिक सन्कलन हुन नसके पनि यसले हाम्रो समुहको टिमवर्क, अपनत्व र उध्येश्यलाई अझ मजबुत बनाएको छ। त्यसैले, हामीहरुले यसलाई सफल सुरुवातको रुपमा लिएका छौ। र अवस्यै पनि यस सामाजिक उध्येश्य प्राप्तिको लागि थप पहलकदमी पाइलाहरु अगाडि बढाउदै लैजानेछौ।" भन्दै थिए, भैलो कार्यक्रम सम्योजक, बुद्ध बज्रचार्य। भैलो कार्यक्रमबाट करीब १ लाख रुपैया सहयोग संकलन गर्ने उद्येश्य राखिएको थियो, जसका लागि थप फन्ड रेसिंग (fund raising) गतिविधिहरु पनि तय हुदै गैरहेको जानकारी पनि गराउदै थिए बुद्ध बज्राचार्य


त्यसैगरी, भैलो कार्यक्रम सम्पन्न भएपछी सबै युवा साथीहरु एक ठाउँमा बसेर पृष्‍ठपोसण गरेका थिए भने लामागाउ नै गएर पनी थप छलफल चलाएका थिए। भैलो कार्यक्रम सम्पन्न हुनुभन्दा पनि युवाहरुमा परिवर्तनका लागि आएको जागर वास्तवमा उत्क्रिस्ट रहेको कुरा उल्लेख गर्दै थिए, "पश्चिम पाइला" का संजाल संयोजक फुर्बा साङगे मोक्तान।