युवाहरुमाझ प्रकोपका कुराहरु, वाश फोरममा
- धना खतिवडा/ जनवरी ३१, २०११
कार्यक्रममा एन्फोका प्रोमोसनल म्यनेजर राजेश अधिकारीले प्रकोपमा खानेपानी, सरसफाई र सरसफाई महत्वपूर्ण भएपनी यी बिषयहरु छायामा परेको बताउनु भयो। त्यसैगरी, भुकम्प प्रबिधी राष्ट्रिय समाज (NSET) का गणेश जिमीले विश्वमा नेपाल ११ओ भुकम्पिय जोखिममा रहेको बताउनु भयो, साथै उहाले काठमाडौं शहर विश्वका खतरापूर्ण शहरमध्य पहिलो रहेको बताउदै यसबाट कसरी बच्न सकिन्छ भन्दै कार्यपत्र प्रस्तुत गर्नुभयो।
त्यस्तै, इको नेपालका रामचन्द्र न्यौपानेले नेपालमा भुकम्प गएमा खानेपानीको स्थिती अत्यन्त भयाभह हुने जानकारी दिनुभयो।
अन्त्यमा, "पश्चिम पाइला"का सन्जाल सम्योजक फुर्बा साङे मोक्तनले सबैलाई धन्यवाद ग्यापन गर्दै कार्यक्रमको अन्त्य गर्नुभएको थियो।
No comments:
Post a Comment