Welcome to
Paschim Paaila

Tuesday, July 26, 2011

खानेपानी र सरसफाई सम्बन्धि शिक्षामूलक र घरदैलो कार्यक्रममा च्यासल युवा क्लब

युस्ना व्यञ्जनकार, च्यासल वास सर्कल 
प्राय जसो फुटबल र खेलहरुमा अगाडी रहेको च्यासल युवा क्लब अहिले खानेपानी र सरसफाईमा पनि सक्रिय रुपमा लागी परेको छ । यहि मिति २०६८/३/३२ गते शनिबार को दिन च्यासल युवा क्लब ९ध्ब्क्ज् ऋष्चअभि० र च्यासल युवा रेडक्रस सर्कलको संयुतm पहलमा यस च्यासल ललितपुर वडा न ९ मा खानेपानी र सरसफाई सम्बन्धि शिक्षामूलक र घरदैलो कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रम बिहानको ८ बजे शुरु  भई ११ बजे सकिएको थियो, जसअन्र्तगत ५–६ वर्षका स–सना भाईबहिनीलाई शिक्षामूलक खेल (रेल गाडी) द्धारा च्यासलका ७ वटा चोक घुुमाई उनिहरुलाई व्यक्तिगत सरसफाई किन आवश्यक छ भन्ने वारेमा जानकारी दिनुका साथै घरदैलो कार्यक्रमद्धारा खानेपानी स्वास्थ्य र सरसफाईको महत्वबारे प्रष्ट पारिएको थियो ।


यस कार्यक्रमको मूल उद्धेश्य भनेको यहाँका स–साना भाईबहिनीलाई सरसफार्इं को महत्वबारे बुझाउनुका साथै घर दैलोमा गई खानेपानी र सरसफाई सम्बन्धि कुराहरुको महत्व र आवश्यकताको बारेमा जानकारी दिनु थियो ।

 सरसफाई कार्यक्रमको समापन भएलगतै वास सर्कलका साथीहरmले भाईबहिनीहरु लाई हात धुने विधिहरmको बारेमा अभ्यास गर्न लगाएका थिए । जसले गर्दा युवाहरmको प्रशिक्षण क्षमतामा अभिवृद्धि र स–सना भाईबहिनीलाई पनि ज्ञान दिईएको थियो । सरसफाई कार्यक्रममा युवाहरmको सक्रिय सहभागी भएको हुनाले कार्यक्रम रामा्रेसगँ सफल भएको थियो ।
उक्त  कार्यक्रममा सबै गरी करिब ५० जनाको सहभागीता रहेको थियो । कार्यक्रम “पश्चिम पाईला” र वातावरण तथा जनस्वास्थ्य संस्था  को सहयोगमा भएको थियो ।

No comments:

Post a Comment