“महामारी मुक्त नेपाल” का लागी युवाहरुको ऐक्यवद्धता
- कमला के. सी./ ३१ साउन, २०६८
प्राय युवाहरुको भिडभाड र लामो ताँती देख्ने वित्तिकै हामी सोच्ने गर्छौ कि कुनै आन्दोलन, चक्काजाम, विरोध र्याली इत्यादी होला तर यदि यहि २०६८।०४।२७ गते (अन्तरास्त्रिय युवा दिवस-११) का दिन टेकुस्थित स्वास्थ्य सेवा विभाग अगाडी तपाईले युवाहरुको ताँती देख्नुभएको थियो र त्यसलाई कुनै आन्दोलन होला भनेर वास्था नगरी हिड्नुभएको थियो भने तपाईले युवाहरुको एउटा राम्रो सुरुवातलाई नियाल्ने मौका गुमाउनु भएको छ । त्यस दिनको युवाहरुको कदमले नेपालका युवाहरु पनि आफ्नो देश र मातृभुमिको निम्ति लागी परिरहेको कुरा स्पष्ट हुन्छ ।
खानेपानी र सरसफाईको नाजुक स्थितले गर्दा हाम्रो देशमा आजसम्म पनि वर्षेनि १०,५०० बालबालिकाहरुले अकालमा ज्यान गुमाईरहेका छन् भने विभिन्न किसिमका पानी र सरसफाईजन्य रोगहरुको महामारीले पनि सयौँ मानिसहरुले ज्यान गुमाई रहेका छन्, जुन कुरालाई २०६६ सालको सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा फैलिएको झाडापखला महामारीले पनि पुष्टि गर्दछ । यिनै कुराहरुमा केन्द्रित रहेर “नेपालमा फेरी अर्को महामारी नदोहोरीयोस्” भन्ने मुख्य नाराका साथ “महामारी मुक्त नेपाल” का लागी विभिन्न क्षेत्रसंग सम्बन्धित ३०० भन्दा बढी युवाहरुको जमातले नेपाल सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा जम्मा भई सरकारले अहिले सम्म खानेपानी, सरसफाई र महामारीको क्षेत्रमा गर्दै आएको काम एकदमै राम्रो रहेको र यसलाई अझ राम्रो र प्रभाबकारी बनाउन आफुहरु सधै तत्पर रहेको भन्दै ऐक्यवद्धता जनाएका छन् ।
अन्त्यमा, “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्यायले ऐक्यवद्धता पत्र ग्रहण गर्दै “युवाहरुको यो सहयोगलाई आत्मासाथ गर्दै आउदा दिनहरुमा “महामारी मुक्त नेपाल” का लागी युवाहरुसंग संगै हातेमालो गर्ने र सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ” भन्दै कार्यक्रमको समापन गरिएको थियो । उक्त कार्यक्रमलाई “पश्चिम पाईला” नामक युवा संजालले सहजिकरण गरेको थियो ।