Welcome to
Paschim Paaila

Monday, April 11, 2011

एउटा फरक भेटघाट, खानेपानी तथा सरसफाई भेटघाट (WASH Get-Together!!!)

एउटा फरक भेटघाट, खानेपानी तथा सरसफाई भेटघाट (WASH Get-Together!!!)



- कमला के. सी.
हामी भेटघाट (Get-Together) भन्ने बित्तिकै पुरानो साथिहरुसंग भेट्ने, कुनै रेष्टुरेन्टमा जाने अनि रमाईलो गर्ने भन्ने बुझ्छौ तर गत बिहिबार (२४ चैत्र,२०६७) मा पुरानो बानेश्वरको राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिस्ठान (NAMS College) मा भने एउटा अनौठो प्रकारको भेटघाट कार्यक्रमको आयोजना भएको थियो, जसको नाम थियो WASH Get-Together अर्थात खानेपानी तथा सरसफाई भेटघाट

त्यस खानेपानी तथा सरसफाई भेटघाट कार्यक्रममा विभिन्न कलेजमा अध्ययनरत करिब ५०० विद्यार्थीहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता थियो, जसमा चारवटा कलेज (NIHS, St. Xavier, SchEMS & NAMS) ले WASH (खानेपानी र सरसफाई) सम्बन्धि विभिन्न किसिमका गीत, नाटक, गजल र नृत्य प्रस्तुत गरेका थिए । निबन्ध प्रतियोगीता, चित्रकला प्रतियोगीता, फोटो प्रदर्शनि, विभिन्न किसिमका WASH Games WASH डकुमेन्ट्रिले उक्त भेटघाट कार्यक्रमको वातावरणलाई झनै रोमान्चकारी बनाएको थियो ।
विश्व स्वास्थ्य दिवशको अवसरमा WASH for Health भन्ने नाराका साथ मनाईएको यस WASH Get-Together तीन महिना देखि सञ्चालन गरिएको “WASH Knowledge Sharing Campaign-11” को समापन समारोह पनि रहेको उक्त अभियानकी अभियान संयोजक सस्मिता पौडेलले बताउनुभयो । 

भेटघाट कार्यक्रमको आयोजना पश्चिम पाईलानामक युवा संञ्जाल, जनस्वास्थ्य तथा वातावरण संस्था (ENPHO)र कास्ट (CAWST) ले संयुक्त रुपमा गरेका थिए ।

To view the Video on Youtube: http://www.youtube.com/watch?v=AYYWhLupVkU

No comments:

Post a Comment