Welcome to
Paschim Paaila

Monday, July 2, 2012

प्रकोपमा युवाभमिका बारे अन्तरक्रिया सम्पन्न

बाढिजन्य प्रकोपका हिसाबले नेपाल संसारमा ३१औ तथा भुकम्प जन्य प्रकोपका हिसाबले ११औ स्थानमा रहेको तथ्य  नँया होइन। त्यसो त नेपाल आफैपनि बेला बेलामा विभिन्न प्रकोपको चपेटामा पर्दै आएको छ। भखरै बाजुरा कोल्टी पहिरो तथा सेती बाढिले पनि सो कुरालाई प्रष्ट पारेको छ। प्रकोपमा युवा सहभागिता र चासोको कुरा पनि विस्तारै बढ्दै गइरहेको छ।

“पश्चिम पाईला” (युवा सञ्जाल) र एन्फो बाट मासिक रुपमा सञ्चालन गरिने अन्तरक्रिया कार्यक्रम (WASH FORUM) मा यहि जुन महिनाको अन्तिम शुक्रबार बाजुराको पहिरो (प्रकोप)मा युवाको सहभागिता अझ कसरी हनसक्छ र युवा सहभागिता अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा १६ वटा संस्थाबाट आएका २५ युवा प्रतिनिधिहरु विच अन्तक्रिया कार्यक्रम सम्पन्न गरियो।

भर्खरै बाजुराको कोल्टी लगायतका क्षेत्रमा छ जनाको ज्यान तथा लाखौको क्षति हने गरि आएको पहिरोबारे बोल्दै सहकारी तथा गरिबि निवारण मन्त्रालयबाट आउनु भएका श्री नारायण रेग्मीले युवाहरुले युवा मार्फत नै परिवर्तन सम्भब भएको कुरालाई प्रस्ट्याउनु भएको थियो । उहाँ आफै पनि बाजुरा कोल्टि क्षेत्रलाई प्रतिनिधित्व गर्नु भएकोले त्यहाँको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थाबारे निकै जानकारी पनि दिनुभएको थियो । त्यसैगरी, युवाहरुको भूमिकालाई उल्लेख गर्दै श्री फुर्वा साङ्गे मोत्तानले बाजुराको पहिरो पिडित परिवारहरुलाई सहयोग गर्न काठमाडौंमा युवाहरु लागी परेको कुरालाई  जोड दिनु भएको थियो । “काठमाडौंका ५ युवा समुहहरु जुटेर आज रु १,३८,१३७/- लगायत विभिन्न लत्ताकपडा, पियूष, कापि कलम आदी प्रभावित क्षेत्रमा पुर्याउन सकियो । यस्तै १०० युवा समुहहरु जुट्ने हो भने कति धेरै गर्न सकिएला ?” भन्दै सम्पूर्ण युवाहरुलाई यस्ता मानवीय कार्यमा अझ अग्रसर रहन आग्रह गर्दै थिए उनी । कार्यक्रममा बाजुराको स्थानिय आवाजलाई पनि जागरण मिडियाको सौजन्यमा प्रस्तुत गरिएको थियो ।

No comments:

Post a Comment