Welcome to
Paschim Paaila

Friday, March 25, 2011

वाश फोरममा पिसाब गफ


वाश फोरममा पिसाब गफ 

- धना खतिवडा /काठमाडौ
के तपाईलाई थाहा छ हरेक दिननदि प्रदुषण को कारण बन्ने तपाईको पिसाबमात्रामिलाएर बोटबिरुवामा प्रयोग गरेमा त्यसले दोब्बर उत्पादन दिन सक्ने अनुसन्धानमा संलग्न व्यतिmहरुले बताउनु भएको छ ।
शुक्रबार राजधानीमा “पश्चिमपाईला”  र जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) द्धारा आयोजित कार्यक्रममा उहाँहरुले यस्तो जानकारी दिनुभएको हो ।


कार्यक्रममा खानेपानी तथा ढलनिकास विभागका नवलकिशोर मिश्रले सन् २००३ बाट पिसाबलाई मलको रुपमा आफुले प्रयोग गरेको बताउनुभयो । आफ्नो घरमा ग्यालेनमा पिसाब संकलन गरेर थालिएको यो काम अहिले नेपालका विभिन्न ठाउँमा संचालन गरिएको छ । 


त्यस्तै, पिसाब चोरिको क्रम चितवनको दारेचोकमा बढेको नौलो अनुभव सहभागी समक्ष त्यहाँको ईकोसान अनुसन्धान केन्द«बाट आउनुभएको सिरेन्द« पोखरेलले फरक परिबेशबाट आएका ४० युवामाझ सुनाउनु भएको थियो ।


कार्यक्रममा अनुशन्धानकर्ताले मानव पिसाबको सहि प्रयोग कसरी गर्ने, कति मात्रामा गर्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उदेश्यमाथि “पश्चिमपाईला”का संयोजक  फुर्वा साङ्गे मोक्तानले प्रकाश पार्नुभएको थियो । त्यसैगरी जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) प्रोमोसनल म्यानेजर राजेश अधिकारीले पिसाबको प्रयोग सबैका लागी अत्यन्त महत्वपुर्ण रहेको बताउनुभयो ।

No comments:

Post a Comment