Welcome to
Paschim Paaila

Tuesday, March 29, 2011

युवामाझ काठमाडौँको खानेपानीको गुणस्तरको बहस

युवामाझ काठमाडौँको खानेपानीको गुणस्तरको बहस
चैत्र, काठमाडौ
- धना खतिवडा
काठमाडौ भुकम्पको खतरा रहेको विश्वको पहिलो जोखिमपूर्ण भएपनि यहाँको खानेपानीको कुनै पनि स्रोत सुरक्षित नरहेको तथ्यखुलेको छ । 

राजधानीमा आयोजित कार्यक्रममा सो कुरा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेल)का महाँकाल प्रमुख राजीबजोशीले बताउनु भएको हो । उहाँले भन्नुभयो, “केयूकेल यस्ता खालका अध्ययन गर्नका लागी आर्थिक रुपमा सक्षम छैन ।”.

साथै, विभिन्न दातृ निकाएको सहयोगमा निर्माण गरिएका ट्रिटमेन्ट प्लान्ट भुकम्पबाट कति सुरक्षित छन् भनेर कसैले पनि अध्ययन नगरेको उहाँले बताउनुभयो । विरशमशेरकै पालामा निर्माण गरिएका पाइप लाइन पुननिर्माण नगरी प्रयोगमा ल्याउनु नै यहाँको मुख्य समस्या हो भन्नुभयो ।

त्यस्तै, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो)का उपकार्यकारी निर्देशक अमरेश प्रसाद कर्मचार्यले केयूकेलको खानेपानीको स्रोत खानेपानीका लागी स्तरिय भएपनि भुकम्पका दृष्टिबाट असुरक्षित भएको बताउनुभयो ।

त्यसैगरी, एन्फोका प्रोमोशनल मेनेजर राजेश अधिकारीले खानेपानीका स्रोत सुरक्षित गर्न हामीले हाम्रो बानी सुधार गर्न आवश्यक रहेको बताउनुभयो । वाश फोरम , एन्फो र “पश्चिमपाईला” बाट संयुक्त रुपमा आयोजना हुदै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट ४० भन्दा बढी युवाको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment