Welcome to
Paschim Paaila

Saturday, April 30, 2011

पुर्ण सरसफाईका कुरा “खानेपानी तथा सरसफाई मञ्चमा”

पुर्ण सरसफाईका कुरा “खानेपानी तथा सरसफाई मञ्चमा”
 
- कमला के. सी. /चैत्र १६, काठमाडौं
“सरसफाई कुनै अवस्था हैन जसलाई हामी प्राप्त गर्न सक्छौ, यो त एउटा प्रक्रिया हो जुन सजिलै छोटो समयमा पुरा हुदैन, यसलाई पुरा गर्न त हरेक व्यक्तिले आफ्नो दैनिकी नै सरसफाईमय बनाउनु पर्छ ।” यहि भनाईलाई नै मुख्य मन्त्र बनाएर राजधानीको नयाँ वानेश्वरमा आयोजित “खानेपानी तथा सरसफाई मञ्च (WASH FORUM) भन्ने एक छलफल कार्यक्रमको “नेपालमा पुर्ण सरसफाई अभियानः सिकाई तथा अगाडीका पाईलाहरु”  भन्ने विषयमा जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) का काशिकान्त ठाकुरले आफ्ना कुराहरु राख्नुभयो । उहाँले अगाडी थप्नुभयो “नेपालमा सरसफाई भन्ने वित्तिकै सबैको घरमा चर्पि भन्ने बुझिन्छ तर पुर्ण सरसफाईमा चर्पिको गन्ति भन्दा पनि खुला दिशामुक्त क्षेत्रको गणना गर्नुपर्छ र यसका साथै खानेपानी तथा फोहोर व्यवस्थापन पनि राम्रो हुनुपर्छ ।”

कार्यक्रममा, नेपालका विभिन्न जिल्लामा भईआएका पुर्ण सरसफाई अभियानको उदाहरण र त्यसमा प्रयोग गरिएका विभिन्न तौर तरिका जस्तैः समुदायमा आधारित पुर्ण सरसफाई, विद्यालयमा आधारित पुर्ण सरसफाई आदीका बारेमा पनि जानकारी प्रदान गरिएको थियो ।

अन्त्यमा, सरसफाईका सरोकारवालाहरु भनेको एउटा सामान्य व्यक्ति (जसको घरमा चर्पि छैन र बाहिर खुला ठाउँमा दिशापिसाब गर्छ) देखि लिएर विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका व्यक्तिहरु हुन् र पुर्ण सरसफाईमा यी सबैको भुमिका महत्वपुर्ण हुन्छ भन्दै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा विभिन्न १३ वटा संघ संस्था तथा कलेजबाट  ४० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।
“खानेपानी तथा सरसफाई मञ्च (WASH FORUM) एउटा मासिक छलफल कार्यक्रम हो जुन हरेक अङ्ग्रेजि महिनाको अन्तिम शुक्रवार हुने गर्दछ । कार्यक्रमको आयोजना एन्फो र “पश्चिम पाईला” ले संयुक्त रुपमा गदै आएको छ ।

1 comment: