प्रकोपमा खानेपानी, सरसफाई र स्वास्थ्यको भुमिकाः मुख्य सवालहरु
By: Sasmita Poudel
विभिन्न प्रकोप जस्तै बाढी, पहिरो र भुकम्पले जति धनजनको क्षति हुन्छ, त्यो भन्दा बढी प्रकोप पछि हुने महामारीको कारणले गर्दा हुने गरेको पाइएको तथ्यलाई विभिन्न तथ्याङ्क मार्फत उदृढ गर्दै “प्रकोपमा खानेपानी, सरसफाई र स्वास्थ्यको भुमिका” नामक अन्र्तक्रिया कार्यक्रममा खानेपानी तथा ढल निकास विभाग (DWSS) का इन्जिनियर ठाकुर प्रसाद पण्डितले प्रष्ट पार्नुभयो ।
त्यस्तै, Oxfam नामक गैर सरकारी संस्थाबाट रश्मि शर्माले नेपालमा भएका विभिन्न प्रकोप र प्रकोप पछिका उद्घार कार्यक्रममा खानेपानी र सरसफाईको भुमिकालाई प्रष्ट पार्नु भएको थियो । साथै, प्रकोप पछिको महामारीलाई कसरी न्युनिकरण गर्न सकिन्छ र यसमा युवाहरुको भुमिका सक्रिय रुपमा हुनुपर्छ भन्ने जस्ता महत्वपुर्ण जानकारी दिनु भएको थियो । “सहकार्य उपाय होइन, आवश्यकता हो ।” भन्दै उहाँले आफ्नो प्रस्तुति टुङ्ग्याउनु भएको थियो । कार्यक्रमको सुरुवात वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोजेक्ट अफिसर काशिकान्त ठाकुरले गर्नुभएको थियो ।
“ वाश फोरम (WASH फोरम)” एक नियमित मासिक अन्र्तक्रिया कार्यक्रम हो जसको आयोजना “पश्चिम पाईला” नामक युवा सञ्जाल र वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)ले गर्ने गर्दछ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले “पश्चिम पाईला” लाई सचिवालय प्रदान गरेको छ ।