Welcome to
Paschim Paaila

Tuesday, June 28, 2011

प्रकोपमा खानेपानी, सरसफाई र स्वास्थ्यको भुमिकाः मुख्य सवालहरु

प्रकोपमा खानेपानी, सरसफाई र स्वास्थ्यको भुमिकाः मुख्य सवालहरु 
By: Sasmita Poudel
विभिन्न प्रकोप जस्तै बाढी, पहिरो र भुकम्पले जति धनजनको क्षति हुन्छ, त्यो भन्दा बढी प्रकोप पछि हुने महामारीको कारणले गर्दा हुने गरेको पाइएको तथ्यलाई विभिन्न तथ्याङ्क मार्फत उदृढ गर्दै “प्रकोपमा खानेपानी, सरसफाई र स्वास्थ्यको भुमिका” नामक अन्र्तक्रिया कार्यक्रममा खानेपानी तथा ढल निकास विभाग (DWSS) का इन्जिनियर ठाकुर प्रसाद पण्डितले प्रष्ट पार्नुभयो ।

त्यस्तै, Oxfam नामक गैर सरकारी संस्थाबाट  रश्मि शर्माले नेपालमा भएका विभिन्न प्रकोप र प्रकोप पछिका उद्घार कार्यक्रममा खानेपानी र सरसफाईको भुमिकालाई प्रष्ट पार्नु भएको थियो । साथै, प्रकोप पछिको महामारीलाई कसरी न्युनिकरण गर्न सकिन्छ र यसमा युवाहरुको भुमिका सक्रिय रुपमा हुनुपर्छ भन्ने जस्ता महत्वपुर्ण जानकारी दिनु भएको थियो । “सहकार्य उपाय होइन, आवश्यकता हो ।” भन्दै उहाँले आफ्नो प्रस्तुति टुङ्ग्याउनु भएको थियो । कार्यक्रमको सुरुवात वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोजेक्ट अफिसर काशिकान्त ठाकुरले गर्नुभएको थियो ।

“ वाश फोरम (WASH फोरम)” एक नियमित मासिक अन्र्तक्रिया कार्यक्रम हो जसको आयोजना “पश्चिम पाईला” नामक युवा सञ्जाल र वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)ले गर्ने गर्दछ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले “पश्चिम पाईला” लाई सचिवालय प्रदान गरेको छ ।

2 comments:

  1. Thanks to all the youths of Paschim Paila for your interest and appreciable works on WASH sector.

    ReplyDelete
  2. Thank you for your kind appreciation. "paschim paaila" needs all your supports and efforts as well.

    Cheers!!!

    ReplyDelete